जनता टाइम्स

२८ आश्विन २०७७, बुधबार १३:००

चितवनमा पूर्वी नवलपरासीका कोरोना संक्रमित पुरुषको मृत्यु


चितवन, असोज २८

चितवनमा पूर्वी नवलपरासीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मध्यविन्दु–१५ का ७५ वर्षीय पुरुषको मंगलबार राति मत्यु भएको हो । कोभिड आईसीयूमा उपचाररत ती पुरुषको राति १०ः२० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो ।

असोज १८ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनमा असोज २० गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । चितवनमा कोरोना संक्रमणबाट जिल्लाका ३८ जना र जिल्ला बाहिरका २९ जनाको मृत्यु भएको छ ।