जनता टाइम्स

२८ आश्विन २०७७, बुधबार १३:२६

स्याङ्जाकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु


पोखरा, असोज २८

स्याङ्जाकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा भीरकोट–२ को ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । २६ असोजमा अस्पताल भर्ना भएको उहाँमा कोभिडसँगै थाइराइड र उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

पोखरामा उपचाररत स्याङ्जाकी एक महिलाको आईसीयूमा उपचार भइरहेको डा. आचार्यले बताउनुभयो । प्रतिष्ठानमा मृत्यु हुनेको संख्या यो तेह्रौं हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।