काठमाडौं, असोज २८
प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सभापति निरु पाललाई कोरोना संक्रमण भएको छ । बुधबार आएको रिपोर्टमा उहालाई कोरोना पोजिटिभ देखिएको हो । उहामा कोरोनाको लक्षण समेत देखिएपछि स्वाब परीक्षण गराउनु भएको थियो ।
कोरोना संक्रमण भएपछि उहाले सामाजिक सञ्जालमा दिनु भएको सन्देश
मलाई पनि कोरोना ले छोडेन कसरी लाग्यो थाहा भयन रुगाखोकि हल्का जोरो सासफेर्न गारो र जिउ मर्नेगरी दुखेपछि स्वाब दिदा पोजिटिभ देखियो तर म यतिछिट्टै हार खादिन म यतिछिठ्टै यो संसार बाट बिदा हुन्न अझ धेरै काम गर्नबाकिछ बलात्कारी कालागी कडा कानुन बनाउन बाकि नै छ कंचनपुर का बिकाश निर्माणका धेरै काम बाकिनै छन समतामूलक समाज निर्माणको अभियान पुरा भयको छैन महिला समितिले मेरै नेतृत्वमा गर्नुपर्ने काम धेरै बाकिछनअझ मैले धेरै काम पुरा गर्नुछ तेसैले मलाई बिस्वास छ म कोरोना जितेर छिट्टै काममा फर्किनेछु मेरा शुभचिन्तक ज्युहरुलाई न आत्तिनुहोला भन्न चाहान्छु।साथै यो बिचमा मेरो सम्पर्कमा म संग भेटहुनुभयका महानुभावहरुले सावधानी अपनाउनहुन बिनम्रतापुर्बक अनुरोध छ !













प्रतिक्रिया दिनुहोस्