जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार २०:१९

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, यस्तो छ पछिल्लो अवस्था


काठमाडौं, असोज २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि पूर्वप्रधानमन्त्रीस्मेत रहनुभएका बरिष्ठ नेता खनाल बुधबार ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालका चिकित्सकहरुका अनुसार नेता खनालको शरीरमा पानीको मात्र बढी हुनुका साथै दुबै फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या देखिएको थियो । उपचारपछि खनालको स्वास्थ्यमा सुधार आएको हो ।

अस्पतालले नेता खनालको पिसिआर परीक्षणसमेत गरेको थियो । परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले आज बिज्ञप्ती जारी गरी खनालको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र यही गतिमा प्रगति भए केही दिमा डिस्चार्ज गर्न सकिने जानकारी दिनुभएको छ । उहाँको उपचारमा डा. अर्जुन कार्की, डा. रक्षा पाण्डे र डा. राजु पंगेनीलगायतका टीम संलग्न रहनुभएको छ ।