जनता टाइम्स

३० आश्विन २०७७, शुक्रबार १२:४१

लुम्बिनी प्रादेशिक अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु


बुटवल, असोज ३०

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उहाँको उपचार गरिएको थियो । उपचारका क्रममा उहाँको बिहान मृत्यु भएको डा. थापाले बताउनुभयो । उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा. थापाले जानकारी दिनुभयो । योसँगै आजसम्ममा कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।