काठमाडौं, असोज ३०
राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । बिहीबार आएको पीसीआर परीक्षण रिपोर्टमा कोभिड–१९ पोजेटिभ देखिएको हो । थापा सहित उहाँको परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएको थापाका स्वकीय सचिव दामोदर वाग्लेले बताउनुभयो ।
थापालाई सामान्य लक्षण देखिएको छ । यद्धपी स्वास्थ्य अवस्था भने सामान्य रहेको थापाले ट्वीटमार्फत उल्लेख गर्नुभएको छ । उहाँकी श्रीमतीमा भने सङ्क्रमण देखिएको छैन । सामान्य टाउको दुखेपछि बुधबार पीसीआरका लागि नमूना दिइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्