जनता टाइम्स

३० आश्विन २०७७, शुक्रबार १४:०३

कोरोनाबाट सुर्खेतका २२ वर्षीय युवकको गयो ज्यान, मृत्युपछि ७ बजे आयो रिपोर्ट पोजेटिभ


सुर्खेत, असोज ३०

कोरोना भाइरस (कोभिड–१९) बाट सुर्खेतको वीरेन्द्रनगरमा थप एकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–२ निवासी २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मृत्युपछि ७ बजे रिपोर्ट पोजेटिभ आएको हो ।

आफन्तकोमा बसेर अध्ययन गरिरेका ती युवा यही असोज २८ गते शौचालयमै बेहोस भएका थिए । सुरुमा आफन्तले झारफुक गर्न लगेको र त्यसपछि मात्रै देउती अस्पताल ल्याएका थिए । अवस्था जटिल भएपछि २८ गते राति ११ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । श्वास्प्रश्वासमा समस्या भएकोले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बिहीबार साँझ मृत्यु भएको हो ।