जनता टाइम्स

३० आश्विन २०७७, शुक्रबार १९:०२

स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि नेकपा वरिष्ठ नेता खनाल डिस्चार्ज


काठमाडौं, असोज ३०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किनुभएको छ ।

उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहनुभएका पूर्व प्रधानमन्त्री खनाल आज घर फर्किनुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो ।