जनता टाइम्स

१ कार्तिक २०७७, शनिबार ०९:३६

विश्वभर ३ करोड ९५ लाखमा कोरोना संक्रमण, २ करोड ९६ लाख ५३ हजार ४३४ जना निको


काठमाडौँ, कात्तिक १ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट विश्वभर ३ करोड ९५ लाखभन्दा बढी मानिसमा संक्रमित बनेका छन् । शनिबार बिहानसम्म ३ करोड ९५ लाख ७३ हजार ४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७४ दशमलव ९३३ प्रतिशत निको भएका छन् ।

अर्थात् २ करोड ९६ लाख ५३ हजार ४३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ५६२ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख १२ हजार ९१७ संक्रमित थपिएका छन् ।यस्तै एकै दिन थप ६ हजार १८५ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ९ हजार ७० पुगेको छ ।सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख ८८ हजार पुगेको छ ।दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७४ लाख ३० हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख १ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३७ हजार ५६ जनाको मृत्यु भएको छ । ६७ लाख २४ हजार ३५६ जना संक्रमित भएकोमा ३१ लाख ५१ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।