जनता टाइम्स

१ कार्तिक २०७७, शनिबार १६:३६

काठमाडौं उपत्यकामा थपिए १७४६ संक्रमित


काठमाडौं, कात्तिक १

काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ७४६ जना सङ्क्रमित थपिएका छन् । शनिवार भेटिएका कुल संक्रमितमध्ये यो संख्या ५५ दशमलव १३ प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार ४५१ जना छन् ।

मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा एक हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि तीन हजार १६७ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८९ हजार ८४० संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।