काठमाडौं, कात्तिक २ । अर्मेनिया र अजरबैजानबीच मानविय युद्धविरामको सहमति भएको छ । विवादित नार्गोनो काराबाग क्षेत्रमा २१ दिन चलेको युद्ध रोक्नको लागि दुई देशबीच युद्धविरामको सहमति भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दुवै देशले आधा रातदेखि युद्धविराम सुरु भएको जनाएका छन् । यसअघि गएको हप्ता पनि अर्मेनिया र अजरबैजानबीच युद्धविरामको सहमति भए पनि कार्यान्वयन भएको थिएन ।
अर्मेनिया र अजरबैजानबीच युद्धविरामको सहमति

प्रतिक्रिया दिनुहोस्