जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार १५:५२

डाक्टरसहित १२ जनामा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल


दैलेख, कात्तिक २

दैलेख जिल्ला अस्पतालका एक चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार अस्पतालमा कार्यरत एक जना चिकित्सक, ११ जना स्वास्थ्यकर्मी र कर्मचारी गरी १२ जनालाई कोरोना संक्रमण शनिबार पुष्टि भएको हो ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ । शनिबारदेखि कात्तिक ४ गतेसम्मका लागि इमरजेन्सी सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको अस्पतालतालले जानकारी दिएको छ।