जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार १६:३३

७३९ जनाको कोरोनाका कारण मृत्यु, आजै १२ को मृत्यु


काठमाडौं, कात्तिक २

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका १२ जनाको मृत्यु भएको हो ।

योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३९ पुगेको छ । अहिले देशभर आइसीयूमा ३०१ र भेन्टीलेटरमा ६६ जना उपचाररत छन् । यसअघि शनिबार पनि १२ जनाको मृत्यु भएको थियो।