जनता टाइम्स

८ कार्तिक २०७७, शनिबार १९:४३

सिकागोल्याण्डका दुई संस्थाको नेतृत्व हस्तान्तरण, अमेरिका छाडेर नेपाल फर्किए पौडेल


सिकागो, अमेरिका । अमेरिकाको सिकागोमा रहेको नेपालीहरुको साझा सङ्गठन सिकागोल्याण्ड नेपाली मैत्री समाजको कार्यबाहक अध्यक्षमा प्रथम उपाध्यक्ष खेमराज पन्थी चयन हुनुभएको छ ।

गत शनिबार बसेको संस्थाको बैठकमा अध्यक्ष टेकराज पौडेल आफू नेपाल फर्कने भन्दै बिदा लिनुभएपछि प्रथम उपाध्यक्ष पन्थीले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउनु भएको हो । त्यसैगरी गत मार्चदेखि कोरोना भाइरसको बिरुद्ध लडन सिकागो एरियामा गठन भएको कोरोना भाइरस (कोभिड(१९) को बिरुद्ध सचेतना तथा सहयोग समितिको नेतृत्व पनि परिबर्तन भएको छ । समितिका संयोजक टेकराज पौडेल स्थायी रुपमा अमेरिका छोडेर नेपाल फर्किन लाग्नु भएकोले सो समितिबाट बिदा लिनु भएपछि संयोजकमा सिकागोका समाजसेवी एन्माका मिडिया कोअर्डिनेटर, सिकागोल्यान्ड नेपाली फ्रेन्डिसिप सोसाइटीका पूर्वअध्यक्ष तथा सल्लाहकार खेम पाठकले जिम्मेवारी पाउनु भएको छ ।

सिकागोल्यान्ड मैत्री समाजको गत अगस्ट महिनामा नयाँ नेतृत्वको लागि सातौ अधिबेशन र निर्वाचन हुन पर्नेमा कोरोनाको कारण प्रत्यक्ष निर्वाचन गर्न असम्भव भएकोले यही कार्यसमितिलाई नै निर्वाचनको अनुकुल बाताबरण नहुन्जेल काम गर्ने बैधानिक अधिकार प्राप्त भएकोले कार्यकाल थपिएको थियो । निर्वाचन समितिका प्रमुख खेम पाठकका अनुसार १५ सदस्यीय कार्य समितिमा अध्यक्षलगायत त्रृतीय उपाध्यक्ष, महासचिब र सचिब गरी ४ पदमा दर्खास्त गरिए भन्दा बढी उम्मेदवार दर्ता भएकोले कोरोनाको कारण प्रत्यक्ष निर्वाचन गर्न सकिएको थिएन । अध्यक्ष पदमा तात्कालिन उपाध्यक्ष खेमराज पन्थी, महासचिब शिबराज अधिकारी र कोषाध्यक्ष मेनुका चौधरी अध्यावधिक निर्वाचनको मैदानमा हुनुहुन्छ ।

२००७ सालमा गठन भएको यस संस्थामा निबर्तमान अध्यक्ष टेकराज पौडेल २ अवधी अध्यक्ष रहनुभएको थियो । सन २०१६ मा भएको प्रत्यक्ष निर्वाचनबाट दुई बर्षको लागि निर्वाचित हुनभएका पौडेल अर्को अवधी २०१८–२० को लागि सर्वसम्मत निर्वाचित हुनुभएको थियो । हालसम्म सो संस्थामा श्यामकाजी श्रेष्ठ, लोमश श्रेष्ठ, खेम पाठक, टेकबहादुर केसी र बेनी कँडेल अध्यक्ष रहिसक्नु भएको छ । बिगत ५ बर्षयता नियमित कार्यालय सञ्चालन गरेको संस्थाले नयाँ बर्ष, दशै, तिहार, तिज जस्ता पर्वहरुमा बिबिध साङ्गितिक कार्यक्रम गर्दै आएको छ । यस्तै ससाना बालबालिकाको लागि नियमित फुटबल अभ्यास गराउदै आएको छ भने नेपाली भाषा शिक्षण गराउन हरेक बर्ष बर्षे र हिउदे कक्षा सञ्चालन हुने गरेको छ ।

यसैगरी कोरोना संक्रमणबाट नेपाली समुदायलाई सहयोग पुर्याउन सिकागोल्याण्डमा रहेका विभिन्न एक दर्जन संघ संस्थाहरु एकजुट भएका थिए । सिकागोल्यान्डका प्रबुद्ध ब्यक्तिहरु संलग्न उक्त संस्थाले जनचेतना जगाउने नेपालीहरुलाई मास्क, ग्लोब, सेनिटाइजर थर्मामिटर बाँडनुका साथै औषधी र कोरोनाको कारण बेरोजगार भएका पिडितहरुलाई खाद्यान्न समेत सहयोग गरेको थियो ।

सो समितिमा सिकागोल्यान्ड फ्रेन्ड्सिप सोसाइटीका अध्यक्ष टेकराज पौडेल संयोजक हुनुहुन्थ्यो भने सदस्यहरुमा नेपाल अमेरिकन सोसाइटीका अध्यक्ष डा. बिष्णु फुयाल (आर्थिक प्रमुख), आषा पिक्चर्सका जगन निरौला (मिडिया कोअर्डिनेटर), एसोसिएसन अफ नेपाली मिडवेस्टका मिडिया प्रमुख खेम पाठक, एनआरएन इलिनोइजका अध्यक्ष ललन देब, अन्तर्राष्ट्रिय साहित्य समाज सिकागोका अध्यक्ष इश्वोरी बगाले, सिकागोल्याण्ड थारु सोसाइटीका अध्यक्ष इन्द्रकान्त चौधरी, सिकागोल्याण्ड नेपाली तराइन सोसाइटीका अध्यक्ष जगदीश यादब, लालिगुँरास महिला समितिकी अध्यक्ष ज्योती अधिकारी, इन्जिनियर्स एसोसिएसनका मदन बराल, डाफे स्पोर्ट क्लबका अध्यक्ष बिज्ञान श्रेष्ठ हिमालय राइनो क्लबका अध्यक्ष गोपाल जिसि रहनुभएको छ । यस्तै स्थानीय प्रबुद्ध ब्यक्तित्व डा. शारदा थापा, डा. चन्द्र चटौत, डा. बिकास भट्टराई, गोबिन्द श्रेष्ठ सत्यनारायण चौधरी, जितेन्द्र राणा, शिबराज अधिकारी र राज थापा हुनुहुन्छ ।