जनता टाइम्स

११ कार्तिक २०७७, मंगलवार ११:४३

कोरोना कहर : विदेशबाट फर्किए सवा एक लाख नेपाली


काठमाडौं, कात्तिक ११

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणपछि १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार नवमीका दिनसम्म १ लाख २२ हजार ५ सय ६३ नेपाली हवाइ उडान मार्फत् स्वदेश फर्किएका हुन् ।

सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरुलाई नेपाल आउन दिने गरेको छ । अहिलेसम्म ५९ देशबाट नेपाली फर्किएका छन् । स्वदेश फर्किनेमध्ये धेरै खाडीका देश पुगेकाहरु रहेका छन् ।

तथ्याङक अनुसार कोरोना महामारीपछि सबैभन्दा धेरै यूएईबाट ३५ हजार ४ सय १५ जना देश फर्किएका छन् । त्यसपछि कतारबाट २२ हजार ५ सय ९४, मलेसियाबाट १७ हजार ९ सय २४ जना र साउदी अरेबियाबाट १७ हजार १ सय ६० जना आएका छन् ।