काठमाडौं, कात्तिक १४
टर्कीमा ७ रेक्टर स्केलको भूकम्प गएको छ । टर्कीको एजियन सागर र ग्रिसको सामोस टापुनजिकै केन्द्रविन्दु भएर उक्त भूकम्प गएको जनाइएको छ । टर्कीका आन्तरिक मन्त्री सुलेमान सोयलुले ट्वीटरमा भने, ‘हामीले अहिलेसम्म छवटा ध्वस्त भवनहरूको बारेमा सूचना प्राप्त गरिसकेका छौं। इज्मीर प्रान्तमा यो शहर पनि समावेश छ ।’ त्यस्तै वातावरणीय मन्त्री मुरत कुरुमले भने, ‘पाँच वटा ध्वस्त भवनहरूको बारेमा सूचना प्राप्त भएको छ । हाम्रो केही नागरिकहरू फोहोरमैलामा फसेका छन्।’
ग्रिसको सामोस टापुमा भूकम्पले ‘मिनी सुनामी’ उत्पन्न गरेको बताइएको छ। भूकम्पको धक्का एथेन्स र इस्तानबुलसम्म महसुस गरिएको थियो। भुकम्पका कारण समुद्र नजिकै रहेका घरहरुमा पानी पसेको भिडियोहरु सामाजिक सञ्जालमा पोष्ट भएका छन् । अहिलेसम्म मानविय क्षतिका विषयमा यकिन हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्