जनता टाइम्स

१९ कार्तिक २०७७, बुधबार ०७:११

भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघ्यो, पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु


काठमाडौं,  कात्तिक १९ । भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ३३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८३ लाख १२ हजार ९४७ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ७६ लाख ५४ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ६५० पुगेको छ ।