जनता टाइम्स

१९ कार्तिक २०७७, बुधबार ०७:१३

अमेरिकी राष्ट्रपतीय चुनाव : ७ राज्यमा ट्रम्पको जीत, र ९ राज्यमा बाइडेन विजयी


काठमाडौं,कात्तिक १९  । अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकियो। अब केही समयभित्र मतदान केन्द्रहरु बन्द हुने र नतिजा आउन सुरु हुने बिबिसीले जनाएको छ ।

कोरोना महामारीका कारण यसपटक मतदानको अघिल्लो दिन अस्ति १० करोड मतदाताले हुलाकी माध्यमबाट मतदान गरिसकेका छन् । ठूलो संख्याका मतदाताले हुलाकी माध्यमबाट मतदान गरेकाले चुनावको अन्तिम नतिजा आउन केही समय लाग्ने अनुमान गरिएको छ ।

चुनावअघि भएका सर्वेक्षणले जो बाइडेनलाई स्पष्ट रुपमा अघि रहेको देखाए पनि प्रारम्भिक नतिजा आउन अझै केही समय लाग्ने देखिएको खबरमा उल्लेख छ । अस्ती सोमबारसम्म अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या इतिहासमै सबैभन्दा धेरै र चार वर्षअघिको चुनावमा खसेको जम्मा मतको ७१ प्रतिशत भन्दा धेरै पुगेको छ । कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूले पनि मत खसाल्न पाउने अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शनले जनाएको छ ।

तर उनीहरुका लागि भने मास्क लगाउनुपर्ने, ६ फीटको दूरीमा उभिनुपर्ने, मतदान गर्नु अगाडि र पछाडि साबुन पानीले हात धुने वा सेनिटाइजर लगाउनुपर्ने नियम बनाइएको छ । अमेरिकामा हरेक चार वर्षमा चुनाव हुन्छ । १८ वर्ष र त्यसभन्दा माथिको उमेरका मानिस मतदान गर्न योग्य हुन्छन् ।

७ राज्यमा ट्रम्पको जीत, र ९ राज्यमा बाइडेन विजयी

अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउन सुरु भएको छ । केन्टकी, वेष्ट भर्जिनिया र साउथ क्यारोलिनामा ट्रम्पको जीत भएको छ । केन्टकीबाट ८, वेष्ट भर्जिनिया ५ र साउथ क्यारोलिनामा ९ इलेक्टोरल मत रहेका छन् ।

फ्लोरिडामा ८१ प्रतिशत रिपोर्टिङ हुँदा जो बाइडेनका पक्षमा ४९ दशमलव ५ प्रतिशत र ट्रम्पका पक्षमा ४९ दशमलव ६ प्रतिशत मत प्राप्त भएको छ । नर्थ क्यारोलिनामा पनि ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।

भर्मोन्ट र भर्जिनियामा बाइडेनले जीतेका छन् । त्यस्तै इलिनोय, मासाचुसेट्स, रोड आइल्याण्ड, कनेक्टिकट र न्यु जर्सीमा पनि बाइडेनले जीतेका छन् । डेलावर र मेरिल्याण्डमा पनि बाइडेनले जीतेका छन् ।

जो बाइडेन विजयी राज्य

इलिनोय ९२०
भर्जिनिया – १३
भर्मोन्ट – ३
मासाचुसेट्स – ११
रोढ आइल्याण्ड – ४
कनेक्टिकट – ७
न्युजर्सी – १४
डेलावर ९३
मेरिल्याण्ड – १०

डोनाल्ड ट्रम्प विजयी राज्य

ओक्लोहोमा
मिसिसिपी
अलाबामा
टेनेसी
केन्टकी
वेष्ट भर्जिनिया
साउथ क्यारोलिना