जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १७:३४

आलोपालो नेतृत्वबारे मुस्कानसहित प्रधानमन्त्री ओलीको ब्यंग्य : एक वर्ष हैन, चार–पाँच दिनमात्रै बाँकी छ


काठमाडौं, जेठ १७

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको बिषयमा तात्कालिन एमाओवादी अध्यक्षसमेत रहनुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र आफूबीच भएको सहमति कँहीकतै गोप्य नरहेको प्रष्ट पार्नुभएको छ ।

नेकपाका अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री प्रचण्डले दुवै अध्यक्षबीच बिगतमा सहमति भएको र सहमतिअनुसार नै आफूहरुले काम गर्ने बताएपछि नेपालका मिडियाहरुले आलोपालो सरकार भन्दै उछालेपछि प्रधानमन्त्री ओलीको सो भनाई आएको हो । पार्टी एकताको बेला सरकार र पार्टी नेतृत्वमा आलोपालो गर्ने सहमतिलाई बंग्याउँदै नयाँ खुलासा भन्न लाथेपछि ओलीले आफू र प्रचण्डबीचमा कुनै समस्या नरहेको र खेल्न खोज्नेहरुको योजना काम नलाग्ने संकेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले ‘आलोपालो सरकार चलाउने’ सहमति पुरानै कुरा भएको प्रष्ट पार्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणका लागि हिजो दिल्ली जानुभएका प्रधानमन्त्री ओलीले आज संक्षिप्त प्रतिक्रिया दिँदै आलोपालोको कुरा नयाँ नभएको र पहिले नै सार्वजनिक भएको प्रष्ट पार्नुभएको हो । अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै भएको भन्द्र प्रधानमन्त्री ओलीले प्रचण्ड र आफूबीच यस कुराले समस्या नआउने संकेत गर्नुभयो ।

दिल्लीमा केही सञ्चारकर्मीले एकीरणका बेलाको सहमति अनुसार तपाईको प्रधानमन्त्री पद एकवर्ष मात्रै बाँकी छ नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले हाँस्दै जवाफ फर्काउनु भएको थियो । उहाँले भन्नुभयो, ‘एक वर्ष हैन चार–पाँच दिन मात्रै बाँकी छ ।’