जनता टाइम्स

२१ कार्तिक २०७७, शुक्रबार १४:०४

नेपाली विद्यार्थीद्धारा साईप्रसमा आत्महत्या


युरोप, कात्तिक २१

युरोपियन देश साईप्रसमा अध्ययनको सिलसिलामा आएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन । साईप्रसको राजधानी निकोसिया सहरको सिटीयुनिटि कलेजमा अध्ययनरत स्थायि घर कास्की जिल्लाको पोखरा–१४ धर्मस्थलि बस्ने २१ बर्षिय रोशन अधिकारीले आत्महत्या गरेको साईप्रस प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधवार मृतक रोशन अधिकारी निकोसिया सहरको ईपामोनोन्दा २ फ्ल्याट स्ट्रोभोलस एरियामा रहेको आफनै कोठामा आत्महत्या गरेको रिपोर्टमा उल्लेख गरेको छ । गत बर्षको अक्टोबर २०१९ मा आफनो बुवाको आँखाको उपचार गर्ने, आमा तरकारी बेच्ने काम बन्द गराउने लगायत युरोपमा पढेर होटलको म्यानेजर बन्ने सपनाका साथ साईप्रस पढ्न आएको मृतक रोशनका काकाका छोरा विकास अधिकारीले बताए ।

उनका दाजु विकासका अनुसार गत बर्ष आफुहरुसँगै साईप्रस ठुलो सपना बोकेर आएको र सगैं बसेर पढ्ने, काम गर्ने , आमा बुवाले गर्दै आउनुभएको कामलाई विस्थापित गरेर राम्रो जिवन जिउने भनी आएको टेलिफेन बार्तामा सुनाउनुभयो । उहाँले भन्नुभयो,‘भाईले केही दिन पहिला कलेज गएको थियो रजिस्ट्रेशनका लागि तर कलेजले पैसा भए मात्रै भर्ना गर्ने र भिषा लगाउने जस्तो कुरा भाईले गरेको थियो, नेपालमा आमा तरकारी बेचेर गुजारा चलाउनुहुन्छ, बुवा दुबै आँखाले देख्नु हुन्न, सानो भाई अहिले पढिरहेको कुराहरु सुनाउथ्यो ।’

उहाँले अगाडी थप्नुभयो, ‘रोशनले लकडाउनमा काम नगरेको भएपनि खर्चहरु दिँदै आएको थिए । मेरो भाई राम्रै थियो त्यस्तो केही समस्या थिएन तर कहिले काँही कलेज शुल्कको लागि चिन्ता लिने गरेको थियो ।’ मृतक रोशनको काकाका छोरा सुर्य निकोसियाकै एउटा कुखुरा फार्ममा महिनाको ५ सय युरो, दाजु विकास लर्नाकाको एउटा बाख्रा फार्ममा महिनाको ३५० युरोमा पार्ट टाईम काम गरिरहेका थिए भने रोशन आफ्नो घरमा एक्लै बसेको बेला आत्महत्या गरेको सुनेर आफु अत्यन्त दुखि भएको सुर्यले बताए ।

यता मृतक रोशन अधिकारी हिम्मत नहार्ने होनहार विद्यार्थी भएको तर आत्महत्याले गर्दा सारा नेपाली समाजको मन रुवाएको गैरआवासीय नेपाली सघं साईप्रसका सचिव महासचिव कृप थापाले बताउनुभयो । महासचिव थापाका अनुसार मृतक रोशनले आत्महत्या गरेको हुनाले शवलाई नेपाल पठाउन केही समय लाग्ने भन्दै नेपाली राजदुतावास ईजरायल र नेपाली कन्सुलेट साईप्रस तथा मृतकको परिवारसँग समन्वय भैरहेको जानकारी दिनुभयो ।

साईप्रसमा पछिल्लो समय हरेक महिनामा केही न केही नेपालीहरु माथि आपतविपत परिरहेकोले नेपाल सरकार, सम्बन्धित निकायहरुले साईप्रसमा रहेका नेपालीहरुको अवस्था, र समस्याका बारेमा समयमै समाधान नगरे आउँने दिनमा अझै नराम्रो हुने महासचिव थापाको भनाई छ ।