रामेछाप, जेठ १८
रामेछापको लिखु तामाकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । ओखलढुंगाको पोल्थलीबाट काठमाडौंका लागि छुटेको अरनिको यातायात बा३ख ५०६७ नम्बरको बस सैपुमा दुर्घटना हुँदा यात्रुहरु घाइते भएका छन् ।
लिखु २ को स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट नगेन्द्र कुँबरका अनुसार ओखलढुंगा रगनीकी सुनीता राई, सपना राई, लिखु तामाकोशी सैपुकै धनकुमारी पौडेल, टंकनाथ पौडेल, थरहरी पौडेल, सुमित्रा पौडेल गम्भीर घाइते हुनुभएको हो ।
घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात धुलिखेल अस्पताल र सामन्य घाईतेलाई मन्थली तामाकोसी अस्पतालमा रिफर गरिएको छ । घाइतेको पाखुरा, टाउँको र खुट्टामा चोट लागेको छ । अन्य १० जनाभन्दा बढी सामान्य उपचार पछि फर्किएका छन्। पोल्थलीबाट काठमाण्डु जाँदै गरेको गाडी ब्रेक फेलभै दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस्