१८ जेष्ठ २०७६, शनिबार ००:००

यार्सा टिप्न गएका ३ को लेक लागेर मृत्यु


डोल्पा, जेठ १८

डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो । लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपुर्याउँदा बिहान मृत्यु भएको र जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेको शुक्रबार प्यारी भोक्पाभन्ने ठाउँमा मृतु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका–१ का वर्षीया ३८ का बुद्धि कार्कीको गत बिहीबार दुना यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको थियो । लेक लागेर बिरामी पर्नेकोे सङ्ख्या बड्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ । एक महीना अघिमात्रै यार्सा सङ्कलन गर्न आएका जुम्लाका दुईजनाले ज्यान गुमाएका थिए । गत वैशाखदेखि हालसम्म जम्मा पाँच जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।