काठमाडौं, कात्तिक ३०
कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको मृत्युु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म कोरोनाका कारण मृत्युु हुने नेपाली संख्या २९३ पुगेको छ।
संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ कोरोना संक्रमण मुक्त भएका छन्। विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ। गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले चाडपर्वका बेला हुने स–साना भेटघाटहरु कम गर्न आग्रह गरेको छ। समितिका संयोजक डा. सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्