काठमाडौं, मंसिर १० । भारतका चिकित्सकले कोरोना संक्रमणका बेला अन्य लक्षणभन्दा स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिनु सुखद संकेत भएको दाबी गरेका छन्। किनकि यस्ता लक्षण देखिने कोरोना संक्रमित गम्भीर बिरामी पर्ने खतरा निकै कम हुने उनीहरूको दाबी छ।
जुन कोरोना संक्रमितमा स्वाद र गन्ध थाहा नपाउने लक्षण हुन्छन्, तिनलाई कोरोनाले श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने जोखिम कम हुने उनीहरूको भनाइ छ।
नोएडास्थित यथार्थ अस्पतालका डाक्टर अरुण लखनपाल तथा उनको टोलीका अनुसार आइसियुमा भर्ना भएका अधिकतर कोरोनाका बिराममा स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएको थिएन। यसको अर्थ गम्भीर अवस्थाका कोरोना संक्रमितमा यस्ता लक्षण देखिँदैनन्।
झन्डै ४० प्रतिशत कोरोनाका बिरामीमा स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएको र यो सुखद संकेत भएको डा.लखनपाल बताउँछन्।
मेदान्ता अस्पतालकी वरिष्ठ चिकित्सक डा सुशीला कटारिया पनि उनको भनाइमा सहमत छिन्। उनी भन्छिन्, ‘त्यस्ता बिरामीलालई सामान्यतया अक्सिजन आवश्यक पर्दैन पर्दैन र अस्पताल भर्ना हुनुपर्ने जोखिम पनि कमै हुन्छ।’
कोरोना संक्रमण भएपछि स्वाद र गन्ध थाहा नपाउने किन हुन्छ भन्ने कुराको स्पष्ट कारण पत्ता लागिसकेको छैन। तर पनि कोरोना भाइरसले इन्द्रियसँग सम्बन्धित स्नायुमा असर पारेपछि यस्ता लक्षण देखिन विश्वास गरिन्छ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्