जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार १२:४२

सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर एक गाग्री पानी थाप्न एक हप्ता


पाल्पा, जेठ १९

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्ता पालो कुर्नुपर्ने बाध्यता रहेको छ । सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा तथा वडा सदस्य रमा नेपालीले बताउनुभयो ।

पश्चिम पाल्पाको भुवनपोखरीको गोखुङ्गामा ६० घर दलित बस्ती छ । दलित बस्तीले उपभोग गर्ने खानेपानीको मुहान एउटा मात्र रहेको छ । वर्षात्को पानी सङ्कलनका लागि सबैका घरमा घैँटा छन् । तर, यसपालिका घैँटाका पानी माघ/फागुनमा सकिएपछि खानेपानीको पिरलोमा स्थानीय दिनरात कटाउन बाध्य छन् ।