जनता टाइम्स

२८ मंसिर २०७७, आईतवार ११:५८

भोलीबाट अमेरिकामा कोरोना विरुद्धको खोप


अमेरिका, मंसिर २८

भोलीबाट अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ । फाइजर तथा बायोएनटेकले तयार पारेको खोपलाई हिजो अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले स्वीकृति दिएसँगै अब खोप अभियान सुरु हुन लागेको हो ।

अधिकारीहरुका अनुसार खोपको पहिलो ३० लाख डोजको सबै राज्यमा पुर्याइनेछ । यो खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। खोप सुरक्षित तरिकाले सबै राज्यमा पुर्‍याइने अमेरिकी अधिकारीहरुले बताएका छन् । एजेन्सी