जनता टाइम्स

१९ जेष्ठ २०७६, आईतवार १८:४५

संसदमा सत्तारुढ सांसदको गुहार : सभामुख महोदय ! ज्यान जोगाइ पाउँ


काठमाडौं, जेठ १९

संघीय ससंद्को प्रतिनिधिसभा बैठकमा आज एक सांसदको हार गुहारले सवैलाई चकित बनायो । सत्तारुढ दलकै सांसदले आफ्नो ज्यान जोगाइ पाउँ भन्दै हारगुहार गरेपछि संसद बैठक नै हासोमा गुञ्जियो ।

बैठक कक्षमा सांसदको आसनका लागि राखिएको कुर्सीको समयमा मर्मत नुहँदा पाइएको सास्ती राख्दै नेकपाका सांसद खगराज अधिकारीले भन्नुभयो, ‘सभामुख महोदय, ज्यान जोगाई पाउँ ।’ आजको बैठकमा सत्तारुढ दलका सांसद अधिकारीले बिग्रिएको कुर्सीको भाग उठाएर सभामुखलाई देखाउँदै भन्नुभयो, “कुर्सी मर्मत गर्नुपर्यो भनेर कति दिन भन्ने ? सभामुख महोदय, ज्यान जोगाइ पाउँ ।”

सभामुख कृष्णबहादुर महराले तत्कालै उहाँको माग सम्बोधन गर्नुभयो ।  सभामुख महराले आफ्नो ध्यानाकर्षण भएको बतउनुभयो । सभामुखले ध्यानाकर्षण भएको बताएलगत्तै सांसद अधिकारीले आफ्नो गुनासोलाई बिट मार्नुभयो ।