जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार ०८:५८

किन स्थगित भयो नेकपाको सचिवालय बैठक ?


काठमाडौँ, २० जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पार्टी एकता लागि भन्दै सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच थप गृहकार्य नपुगेकोले बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

आइतबार बिहान बालुवाटारमा ओली र प्रचण्डसहित अर्का नेता माधवकुमार नेपालबिच वार्ता भएको थियो । सोही वार्तापछि सोमबारका लागि सचिवालयको बैठक डाकिएको थियो ।
दुई अध्यक्षले थप गृहकार्य गर्नबाकि रहेको बताएपछि बैठक तत्कालका लागि पर सरेको प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो।