सिरिया, जेठ २०
सिरियाको अजाज सहरमा भएको कार बम विस्फोटनमा चार बालबालिकासहित १४ जनाको मृत्यु भएको छ। साथै अन्य २८ जना घाइते भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । आइतवार राति भएको उक्त कार बम विस्फोटनबाट अधिकांस सर्वसाधारणहरु रहेको छ । बम सहरको मध्यभागमा रहेको मस्जिद नजिकै इफ्तारका दौरान विस्फोट भएको हो ।
त्यस्तै आइतवार राति नै इजराइलले सिरियामा गरेको क्षेप्यास्त्र आक्रमणमा १० जनाको मृत्यु भएको छ । सिरियाले इजराइली भूमिका रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारवाही गरेको बेलायती निगरानी संस्था सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सले बताएको छ। उक्त आक्रमण मारिनेहरू पाँच नागरिक र पाँच सैनिक छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्