साउदी अरव, पुस १३ । प्रवासी नेपाली एकता मंच साउदी अरेबियाले पार्टीबिरोधी गतिबिधिमा संलग्न भएको भन्दै अध्यक्ष र सचिवलाई बर्खास्त गरेको छ । बैठकबिनै गुटमा सहभागी भएको कारण कमिटीको बैठकले अध्यक्ष र सचिवलाई बर्खास्त गरी नयाँ नेतृत्व चयन गरेको छ । कमिटीले अमर श्रेष्ठलाई अध्यक्ष, याम बोम्जन लामालाई सचिव चयन गरेको हो ।
यस्तो छ विज्ञप्ती
वर्तमान राजनितिक घटनाक्रम बारे हामी सर्वविदित छौं । हाम्रो गौरवशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केही व्यक्तिगत स्वार्थमा लिप्त भएका नेताहरुले आफ्नै पार्टीका अध्यक्ष सरकार प्रमुख हुँदा घेराबन्दी गरी सरकारका हरेक कामहरुमा अफ्ठ्यारो गरी दिने, सरकार गिराउनलाई अनेक प्रपञ्च रच्दै खाली कागजमा हस्ताक्षर गराउने, संवैधानिक परिषदको वैठकमा संवैधानिक दायित्वमा रहेको सभामुखलाई पार्टी गुटको निर्देशनअनुसार अनुपस्थित गराई संवैधानिक निकायलाई निकम्मा नै बनाउने जस्ता घृनित कृयाकलाप भएको हुनाले प्रतिनिधिसभा बिघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना हुन गएकोमा हामी सबैलाई पीडा अनुभुती भएकै छ ।
सोही घटनाक्रमको समयमा प्रवासी नेपाली एकता मंच साउदी अरेबियामा आवद्ध सम्पुर्ण कमरेडहरु पार्टी बिग्रहको स्थिती हेर्न नचाहँदा नचाहँदै सँगठनको कुनै वैठक बसी निर्णय नगराई सचिव र अध्यक्षले सम्प्रेषण गर्नुभएको प्रेस विज्ञाप्तीप्रती हाम्रो घोर आपत्ती रहेको छ । यसरी मनोमानी ढङ्गले सङ्गठनलाई तहस नहस बनाउने नेतृत्वलाई अनुशासनको कार्वाही किन नगर्ने ? प्रवासी नेपाली एकता मंचका केन्द्रीय कमिटीका अध्यक्ष र सचिवलाई पदमुक्त गर्नु पर्ने वध्यात्मक स्थिती आएको हुँदा केन्द्रीय कमिटीमा रहेका बहुमत केन्द्रीय सदस्यहरुद्वारा उहाँहरुलाई सँङ्गठनको सदस्य रहने गरी पदमुक्त गरिएको जानकारी गराउन चाहन्छौं र यदी कोही सदस्यहरु संङ्गठनमा बस्न नचाहने हुनुहुन्छ भने यस सँगठनमा आधिकारिक रुपमा राजीनामा पेश भएको खण्डमा राजीनामा स्विकृत गरिने छ ।
साथै हालसम्म सँङठनको नाममा कसैले आर्थिक लेनदेन गरेको भए स्वयं लेनदेन गर्ने ब्यक्ति नै जिम्मेवार हुने जानकारी गराइन्छ । मंचको अबको नेतृत्व सम्बन्धमा तपशिल बमोजिमको बहुमत केन्द्रीय सदस्यहरुको उपस्थितिमा आज बसेको अनलाईन वैठकमा गहन छलफल गरी तपशिल बमोजिम नवनेतृत्व सहितको केन्द्रीय कार्यसमिति सर्वसम्मतले मनोनित गरिएको जानकारी गराइन्छ ।
वैठकमा सहभागी तपशिल बमोजिमको बहुमत केन्द्रीय सदस्यहरु ः
अध्यक्ष क. अमर श्रेष्ठ
सचिव क. याम बोम्जन लामा
क. बलराम गीरी (पूर्वअध्यक्ष)
क. कमलप्रसाद खरेल
क.कृष्ण कार्की
क. ओम घले
क. रुद्रकुमार कार्की
क. किशोर राई
क. ईश्वर तामाङ
क. रमेश गिरी
क. राजेन्द्र खत्री
क. अच्युत बोगटी
क. रामबहादुर क्षेत्री
क. बसन्त राई
क. अञ्जान सुब्बा
क. ऋषिराम भटराई
क. मोहम्मद ईकवाल
क. प्रदिप केसी
अभिवादन सहित !













प्रतिक्रिया दिनुहोस्