जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार ११:३५

समाजमा जातीय आधारमा गरिने सबै प्रकारका विभेदको अन्त्य हुनुपर्छ : मुख्यमन्त्री गुरुङ


पोखरा, जेठ २१

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजमा जातीय आधारमा गरिने सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक र लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गरिनुपर्ने बताउनुभयो ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०६३ जेठ १८ गतेको निर्णयबाट जेठ २१ गते भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको घोषणा गरेसँगै नेपालका उत्पीडित दलित समुदायले आजको दिनलाई उत्साहका साथ मनाउने गरेका छन् ।