जनता टाइम्स

२१ जेष्ठ २०७६, मंगलवार १२:१६

१३ यात्रु बोकेको भारतीय वायुसेनाको हरायो विमान


नयाँदिल्ली, जेठ २१

आसामबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायुसेनाको विमान सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएको छ । ८ जना ‘क्रु मेम्बर’सहित १३ जना चढेको एएन ३२ विमान दिउँसो १ बजेदेखि सम्पर्कमा नआएको कुरा खुलेको छ । आसामबाट अरुणाञ्चलका लागि उडेको उक्त विमान चीनको सीमाक्षेत्रमा हराएको हुनसक्ने आशंका गरिएको छ ।

अहिले उक्त विमान खोजीका लागि अन्य आठवटा विमान खटाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । एजेन्सी