उदयपुर ।
जिल्ला अदालत उदयपुरले एक १२ वर्षिय बालकलाई १ वर्षको जेल सजाय सुनाएको छ । ५ वर्षीया बालिकालाई यौनदुव्र्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका ति बालकलाई जिल्ला अदालतले सोमबार १ वर्ष कैद फैसला सुनाएको हो।
ति बालकले ०७५ फागुन १८ गते बलात्कारको प्रयास गरेको भन्दै पीडित परिवारले सोही दिन इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा जाहेरी दिएका थिए। जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले बालकलाई १ वर्ष कैद र क्षतिपूर्तिवापत ५० हजार जरिवानाको फैसला सुनाएको हो। कसुरदार नाबालक रहेकाले बालबालिका ऐनअनुसार उमेर पुगेकाको हकको आधा सजाय हुने व्यवस्था अनुरुप यस्तो फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताउनु भयो ।
घटनालगत्तै फरार रहेका कसुरदारलाई प्रहरीले फागुन १९ गते पक्राउ गरेको थियो। घटनाको अनुसन्धानबाट कारवाही हुने देखिएपछि अदालतले फागुन ३० गते उनलाई पुर्पक्षका लागि बालसुधारगृह बिराटनगर पठाउने आदेश दिएको थियो। उनलाई अदालतले ०७६ जेठ २० गते कसुर ठहर गर्दै जेठ २० मा सजाय निर्धारणका लागि पुनः पेश गर्न आदेश दिएको थियो।
प्रतिक्रिया दिनुहोस्