जनता टाइम्स

२८ पुष २०७७, मंगलवार १३:२०

जापानमा पूर्व अखिलका नेताहरु ओली पक्षमा, युवालाई नेतृत्वमा ल्याउन जोड


टोकियो, पुस २८

नेकपा दुई समुहमा विभाजित भएपछी जापानमा पूर्व अनेरास्ववियुका विद्यार्थी नेताहरु ओली पक्षको प्रवास संगठन प्रवासी नेपाली एकता मंचमा संगठित भएका छन । जनवरी ३ (आइतबार) पुर्नगठित प्रवासी नेपाली एकता मंच जापानलाई पुनर्गठन गरिदाँ विद्यार्थी कालखण्डमा राजनीतिजक गरेका युवाहरु ओली पक्षमा संगठित भएका हुन ।

पुनर्गठित कमिटिका सदस्य पूर्व अनेरास्ववियुका विद्यार्थी नेताहरु पूर्व अखिल केन्द्रीय सदस्य अच्यूत लोहनी, प्रशिक्षण बिभागका सचिव प्रकाश ढकाल, बटार काम्पसका स्ववियु सचिव दीपक घिमिरे अखिल नेता शंकर रिमाल क्रियाशिल रहनुभएको थियो ।

अध्यक्षमा सुरेश केसी र सचिवमा डा. सरोज कंडेल सहित ३५ सदस्य कमिटी निर्माण गरिएको कमिटीमा विद्यार्थी राजनीतिबाट आएका युवाहरु समाहित भएको जानकारी दिनुभयो ।

पूर्व अनेरास्ववियुका विद्यार्थी नेताहरु अच्युत लोहनी, शंकर रिमाल, प्रकाश ढकाल, दीपक घिमिरे, कृष्टिना भण्डारी, रोशन पौडेल, नारायण पौडेललगायत एक दर्जन युवाहरुले ओलीको विकल्प प्रचण्ड–नेपाल नभएको बताउँदै ओलीको पक्षमा उभिएको सुनाउनुभयो ।