जनता टाइम्स

६ माघ २०७७, मंगलवार १८:१६

टिचिङका डाक्टर कुटपिटमा संलग्न व्यक्ति पक्राउ


काठमाडौं, माघ ६

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भएको कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कोभिड–१९ का कारण आईसीयूमा उपचाररत विरामीको मृत्युपछि भएको कुटपिटमा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले बताउनुभयो ।

बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको थियो । त्यसपछि उपचारमा संलग्न डाक्टर सविन भण्डारीमाथि कुटपिट भएको थियो ।