जनता टाइम्स

१० माघ २०७७, शनिबार २२:११

सल्लाह, सुझावलाई संस्थाको हितकै लागि हो भनेर नेतृत्वले बुझ्नुपर्छ : कुल आचार्य


काठमाडौं, माघ १० । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष कुल आचार्यले नेतृत्वले संस्थाका बारेमा बोलेको कुराहरुलाई सुझाव मानेर ग्रहण गर्दै त्यसमा छलफल गर्न र सकिन्छ भने बोलाएर बृहत रुपमा कुराकानी गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ । आजबाट सुरु भएको संघकोबिशेष महाधिवेशनमा आफ्नो धारणा राख्दै आचार्यले यस्तो सुझाव दिनुभएको हो ।

असहमतिका स्वरहरु सुन्न र त्यसलाई ग्रहण गर्न आग्रह गर्दै सल्लाहकार आचार्यले यो विशेष महाधिवेशनमा सहमति हुन सक्ने कुरामा सहमति गर्ने र सहमति नभएका बुँदाहरुलाई आगामी महाधिवेशनबाट किनारा लगाउनुपर्ने बताउनुभयो । ‘पात किन हल्लिन्छ भने हावा लागेर’ विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा सल्लाहकार आचार्यले भन्नुभयो, ‘संस्थालाई दिने सल्लाह, सुझावलाई संस्थाको हितकै लागि हो भनेर नेतृत्वले बुझ्नुपर्छ ।’

गैरआवासिय नेपालीका लागि नागरिकता, सम्पत्ति लगायतका मुद्दाहरुमा नेपालमा भइरहेका केही प्रयासहरु अझै नटुङ्गिएकोले त्यसमा पनि ध्यान दिनुपर्ने सल्लाहकार आचार्यले सुझाउनु भयो ।

‘भविष्यका हाम्रा सन्तती विदेशीनु नपरोस भन्नका लागि हामीले केही गर्नुछ,’ आचार्यले भन्नुभयो, अर्कोतिर नेपालको विकासमा साझेदार बन्ने कुरामा पनि हामी अघि बढनुपर्ने छ ।’