जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १२:१४

प्रधानमन्त्री ओलीले रोप्नुभयो एभोकार्डोको विरुवा


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको परिसरमा एभोकार्डोको विरुवा रोप्नु भएको छ ।

विश्व वातावरण दिवशको अवसरमा प्रधानमन्त्री ओली सहित मन्त्रीहरुले आज योजना आयोग परिसरमा फलफूलका विरुवा रोप्नु भएको हो । सरकारले एक नेपाली एक फलफूलका विरुवा कार्यक्रम गतबर्ष देखि सुरु गरेको थियो । यही कार्यक्रमको निरन्तरता स्वरुप प्रधानमन्त्री ओलीले एभोकार्डोको विरुवा रोप्नु भएको हो । एभोकार्डोलाई फलफुलको राजाका रुपमा लिने गरिन्छ ।

विश्व वातावरण दिवसको अवसरमा सिंहदरबार परिसरमा २८ वटा एभोकाडो बिरूवा रोपिएका छन्। गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री मातृकाप्रसाद यादवलगायतले एभोकाडोको बिरूवा रोपेका छन्। सरकारले वातावरण हराभरा बनाउनको लागि वृक्षरोपणलाई प्राथमिकताको साथ लिएको छ।