जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १३:२०

सूर्य टोबाकोलाई अदालतमा उभ्याउने गृह प्रवक्ता सुवेदीलाई ब्लुमवर्ग पुरस्कार


काठमाडौं, जेठ २२

गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदी स्वास्थ्यमन्त्री ब्लुमवर्ग पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । सूर्य टोबाको प्रालिलाई अदालतसम्म लैजाने सहसचिव सुवेदी पुरस्कृत हुनुभएको हो । सरकारको नीतिअनुसार आफ्ना उत्पादनमा ९० प्रतिशत चेतनामुलक चित्र राख्न सूर्य टोवाकोले आनकानी गर्दा उसलाई अदालतसम्म उभ्याउनुभएको थियो ।

काठमाडौं जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी रहँदा सूर्य टोबाकोमा छापा मारेर कारवाही गर्नुभएको थियो । स्वास्थ्य मन्त्रालयले सहसचिव सुवेदीले सूर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीयुक्त सन्देश राख्न योगदान गरेबापत पुरस्कृत गरेको हो । सुवेदीले कार्यकालमा काठमाडौंमा जथाभावी धूमपानमा रोक लगाउनुका साथै यसको बिक्री वितरणमा समेत कडाइ गर्नुभएको थियो । उहाँलाई ५० हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।