जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १५:२६

इन्डोनेसियामा डुङ्गा दुर्घटना, १७ जना वेपत्ता


इन्डोनेसिया, जेठ २२

इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले बुधबार जनाएको छ । शनिबार भएको घटनाका चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मंगलबार उद्धार गरिएको थियो ।

यस कार्गो जहाजमा १८ व्यक्ति सवार रहेका र ती सवै चालक दलका सदस्यहरु भएको जनाइएको छ । सो डुङ्गा बन्दरगाह शहर वितुङ्बाट उत्तरी सुलावेसी प्रान्तकोनजिकै मरोवाली शहरतर्फ गइरहेको थियो । चालक दलका सदस्यहरु हराइरहेका सुचना मंगलबार प्राप्त भएपछि उद्धार कार्य थालिएको बताइएको छ ।