जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १६:००

घुस लिएर दुर्घटनाको नक्कली चालक खडा गर्दा समातिए इन्सपेक्टर


काठमाडौं, जेठ २२
इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक (इन्सपेक्टर) लोकबहादुर जिसी पक्राउ परेका छन । इन्सपेक्टर जिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

दुर्घटनाको मुद्दामा नक्कली चालक खडा गरी १० लाख रुपैयाँ घुस लिएको आरोपमा जिसीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । आयोगले आवश्यक छानविनपछि बयानका लागि मंगलबार बोलाएर जिसीलाई थुनामा राखेको हो ।

गत बैशाख ११ गते भएको दुर्घटनामा वास्तविक चालकलाई जोगाउन नक्कली चालक खडा गरेको पुष्टि भएपछि पक्राउ गरिएको अख्तियारले जनाएको छ ।