जनता टाइम्स

२७ माघ २०७७, मंगलवार १६:०८

एन्फा केन्द्रिय सदस्य अधिकारीको मोरङ फुटबल क्लबलाई सहयोग


काठमाडौं, माघ २७

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय सदस्य रुपेश अधिकारीले मोरङ फुटबल क्लबलाई सहयोग गर्नुभएको छ । उहाँले बेलबारी ११ लक्ष्मीमार्गस्थित डाँगीहाट युथ क्लव (डवाईसी) का खेलाडीहरुलाई २२ पिस बिप्स दिनुभएको हो । त्यस्तै क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले केलमी कम्पनीको जर्सी खेलाडीहरुका लागि प्रदान गर्नुभएको बताउनुभयो ।

फुटबल अझ राम्रो होस भन्दै आफूले सहयोग गरेको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘खेलकुदमा राम्रो गर्न मैले मेरो क्षमताले सकेको सहयोग सँधै गर्छु र गर्नेछु ।’ स्पार्क हेल्थ होम हस्पिटलको निर्देशक समेत रहनुभएको अधिकारीले ३ पटकसम्म अन्र्तराष्ट्रिय स्तरको गोल्डकप आयोजना गरिसकेको क्लबका खेलाडीहरुका लागि सहयोग गरेको जानकारी दिनुभयो ।

अधिकारीले यसअघि पनि नेपालका विभिन्न प्रतियोगितामा हुने खेलकुदमा समेत सहयोग गर्दै आउनुभएको छ । देशका विभिन्न ठाउँमा खेलकुदका मैदान निर्माणमा व्यक्तिगत सहयोग गर्दै आएको अधिकारीले सुनाउनुभयो । मोरङको विराटनगरस्थित विराट सांग्रिला स्पोर्टिङ क्लवका अध्यक्ष समेत रहनुभएको अधिकारीले विभिन्न समयमा फुटबल खेलमा घाइते हुनुभएको महिला तथा पुरुष खेलाडीलाई आर्थिक रुपमा सहयोग गर्दै आएको बताउनुभयो ।

‘फुटबललाई आफ्नो सोखको रुपमा लिएको छु । नेपालको फुटबल क्षेत्रमा केही गर्न सक्छु कि भनेर खेलकुदका सामाजिक काममा लागेको हुँ । लाग्दै आएको पनि छु र केही गर्छु पनि ।’ उहाँले दृढता जनाउनुभयो । कोरोना महामारीको समयमा समेत स्वास्थ्यको क्षेत्रबाट विभिन्न खेलाडीलाई निःशुल्क उपचार सेवा समेत गर्दै आएको जानकारी दिनुभयो ।