काठमाडौं, माघ २७
प्रतिनिधिसभा विघटनपछि कमजोर बनेका पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिमा हस्तक्षेप गर्न अन्तराष्ट्रिय समुदायलाई आफैले गुहार माग्नु भएको छ । यसअघि एक टेलिभिजन अन्तर्वार्तामा नामै किटान गरेर उहाले हस्तक्षेप गर्न आग्रह गर्नुभएको थियो ।
जसको नेपालमा चर्को आलोचना पनि भएको थियो । त्यसपछि उहा पत्नी सिताको उपचारका क्रममा भारतमा जाँदा पनि राजनीतिक भेटवार्ताका लागि निक्कै पहल गर्नुभएको थियो । तर, मंगलबार भने उहाले अन्तराष्ट्रिय मिडिया बोलाएर चीन, भारत, अमेरिका र युरोपेली युनियनलगायतले नेपालमा भईरहेको राजनीतिक घटनाक्रममा आफ्नो पक्षमा उभिन आग्रह गर्नुभएको छ ।
उहाले पत्रकार सम्मेलनपछि पनि अन्तराष्ट्रिय समुदायले सहयोग नगरे राजदूतहरुसँगै बोलाएर छलफल गर्ने जानकारी पनि उहाले गराउनु भयो । आन्दोलनमा कसैले पनि समर्थन नगरेपछि प्रचण्ड–माधवकुमार नेपाल समुह तनावमा छन् । कहिले नागरिक समाजका अगुवा, कहिले पत्रकार त कहिले विभिन्न संघसस्थासँग छलफल गर्दै आईरहेको छ ।













प्रतिक्रिया दिनुहोस्