जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार २१:३३

ढाका टोपीले बढायो इद उल फित्रको शान


काठमाडौं, जेठ २२

इस्लाम धर्मावलम्बीले आज हर्साेल्लासपुर्वक इद उल फित्र मनाएका छन । यस पटकको इद उल फित्रमा मुस्लिम समुदायका अगुवा नेताहरुले नेपाली ढाका टोली लगाएर धार्मिक सहिष्णुताको सन्देश दिएका छन।

इद उल फित्र मनाउँदै गर्दा अगवाहरुले नेपाली राष्ट्रियता झल्कने ढाका टोपी लगाएर धार्मिक सहिष्णुताको सन्देश दिएका हुन । सरकारले इस्लाम समुदायको पर्व इदको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको थियो ।

नेपालको संबिधान अनुसार इदमात्र नभई बकर इद र मोहम्मद जयन्तीमा पनि सार्बजनिक बिदा दिने बिषय राजपत्रमा प्रकाशित गरेर सुनिश्चित गर्न नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तारले सरकारको ध्यानाकर्षण गराएका छन्।