जनता टाइम्स

३० माघ २०७७, शुक्रबार १८:२४

स्पेनका लागि नेपाली राजदूत शेर्पाद्धारा ओहोदाको प्रमाण पत्र पेश


काठमाडौं, माघ ३०

स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले संयुक्त राष्ट्र संघको विश्व पर्यटन स‌ंगठन (युएनडब्ल्युटिओ) का महासचिव जुरब पोलोलिकाशभिलीलाई आफ्नो ओहोदाको प्रमाण पत्र बुझाउनुभएको छ ।

प्रमाण पत्र बुझाएसँगै रादजूत शेर्पाले नेपालले युएनडब्ल्युटिओलाई पूर्ण समर्थन गर्ने बताउनुभयो । उहाँले कोभिड– १९ को महामारीले विश्वभर पर्यटनको क्षेत्रमा परेको प्रभावलाई पुन सुधार गर्न नेपालले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

राजदूत शेर्पाले महासचिव पोलोलिकाशभिलीको रिस्टार्ट एन्ड रिथिङ्कु भिजनको सराहना गर्दै नेपालमा पनि लागू हुने बताउनुभयो । युएनडब्ल्युटिओमा आवद्ध भएसँगै राजदूत शेर्पालाई बधाई दिँदै महासचिव पोलोलिकाशभिलीले नेपालको पर्यटन विकासको क्षेत्रमा युएनडब्ल्युटिओले विभिन्न कार्यक्रम गर्ने विश्वास व्यक्त गर्नुभयो ।