जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार ०९:३३

बिजुलीबजारमा रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु


काठमाडौं ।

काठमाडौंको विजुलीबजारमा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिजुलीबजारमा रड बोकेका साइकलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएका छन्।

बा ४१ प ५३६ नम्बरको मोटरसाइकल चालक ललितपुर पाटनका ३७ वर्षीय अमरराज ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार काभ्रेकी रितु लामा घाइते भएकी छन्।