जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार ०९:४०

नेकपाका नेताहरु आन्तरिक छलफलमा, सचिवालय बैठक सर्‍याे


काठमाडौं । 

नेताहरुको कार्यविभाजनमा सहमति जुटाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सहमतिका साथ टुंगोमा पु¥याउने तयारी स्वरुप अहिले विहान बोलाइएको सचिवालय बैठकसमेत मध्यान्हसम्मका लागि सारिएको छ ।

बिहान ९ बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक १२ बजेका लागि सारिएको छ। मंगलाबार र बुधबार बसेको बैठकले नेताहरुको कार्यविभाजनको टुंगो लगाउन नसकेपछि बैठक आजका लागि बोलाईको थियो। जिल्ला इन्चार्ज र सहइन्चार्जको मापदण्डलाई लिएर नेकपामा कुरा मिलेको छैन्। आजको बैठकमा लगातार दुई दिन बसेको सचिवालयको बैठकमा भएका छलफलमाथि थप छलफल गरेर टुंग्याइने पार्टी प्रवक्ता नारायाणकाजि श्रेष्ठले जानकारी दिनुभएको छ । त्यसबाहेक संगठनात्मक एकिकरणका अरु बाँकी कामका विषयमा छलफल पनि गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।