जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार १३:५९

जहाज दुर्घटना हुँदा बेपत्ता चालक दलका १७ सदस्यको खोजी कार्य बनाइयो विस्तृत


जाकार्ता, जेठ २३

इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ । गत शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो ।

सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गलबार उद्धार गरिएको थियो । यस कार्गो जहाजमा १८ व्यक्ति सवार रहेका र ती सबै चालक दलका सदस्य भएको जनाइएको छ । सो डुङ्गा बन्दरगाह शहर वितुङ्बाट उत्तरी सुलावेसी प्रान्तकोनजिकै मरोवाली शहरतर्फ गइरहेको थियो । चालक दलका सदस्य हराइरहेका सुचना प्राप्त भएपछि उद्धारकार्य जारी शुरु भएको थियो ।

बिहीबार उद्धार कार्यलाई विस्तृत बनाइएको छ । इन्डोनेसियामा करिब १७ हजार ५०० सय द्वीपहरु रहेका र यस द्वीपमा यातायातको प्रमुख साधनको रुपमा डुङ्गा नै रहेको पाइन्छ । कतिपय अवस्थामा व्यक्तिहरुको सुरक्षामा कम ध्यान दिइएको र क्षमता भन्दा बढी यात्रु डुङ्गामा सवार हुने जस्ता कारणले दुर्घटाना हुने गरेको पाइन्छ ।