जनता टाइम्स

१२ फाल्गुन २०७७, बुधबार १६:०४

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठोकुवा : लेखेर राखे हुन्छ, अब पनि केपी ओलीको विकल्प छैन


काठमाडौं, फागनु १२ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अव पनि प्रधानमन्त्री केपी ओलीको बिकल्प नरहेको ठोकुवा गर्नुभएको छ । सीटीईभीटीको ३३औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै नेकपाका नेतासमेत रहनुभएका मन्त्री श्रेष्ठले अदालतले संसद पुनःस्थापना गरेपनि ओलीको बिकल्प नरहेको प्रष्ट पार्नुभएको हो ।

‘प्रधानमन्त्रीको राजीनामा आउँदैन, राजीनामा दिने हामी कायर हो र ? प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, फेस गर्नुहुन्छ, हामी जनताबाट आएका हौँ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मूल्यांकन गर्नेछन, लेखेर राखे हुन्छ, अब पनि केपी ओलीको विकल्प छैन, अबको प्रधानमन्त्री पनि केपी ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ,’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

पुनःस्थापना भएलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको भन्दै सपना बाँड्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने मन्त्री श्रेष्ठले ठोकुवा गर्नुभयो । उहाँले लोकतन्त्रमा बिश्वास गर्ने भएकोले आफूहरुले अदालतको फैसला स्वीकार गर्ने भएपनि फैसलाले विवाद बढाएको उबताउनु भयो ।

‘अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ, हामी मैदानमा उत्रिएका छौँ, हामीले गोल गरेरै देखाउँछौं,’ मन्त्री श्रेष्ठको भनाई थियो ।