जनता टाइम्स

२३ जेष्ठ २०७६, बिहीबार १९:००

बिनोद ढकाल र गोपी अछामीले पहिलो बैठकमै गरे नेतृत्व हस्तान्तरण


मोरङ, जेठ २३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यद्वय बिनोद ढकाल र गोपी अछामीले मोरङ जिल्ला कमिटीको अध्यक्ष र सचिव पद हस्तान्तरण गर्नुभएको छ । मापदण्डअनुसार जिल्लाको अध्यक्ष र सचिव बन्नुभएका ढकाल र अछामीले आज पद तथा गोपनियताको शपथसँगै नेतृत्व हस्तान्तरण गरी सवैका लागिअ नुकरणीय नेता बन्नुभएको हो ।

ढकाल र अछामीले आफूहरु दोहोरो जिम्मेवारीमा नरहने घोषणासहित पहिलो बैठकमा नै हस्तान्तरणको प्रस्ताव राखी निर्णय गराइएको हो । बैठकमा अध्यक्ष ढकालले आफूहरू दोहोरो जिम्मेवारीमा नरहने सल्लाह भएको, नेतृत्व निर्माणको प्रश्नमा पुस्तान्तरण गर्न चाहेको र पार्टी एकताको प्रक्रियालाई सहज बनाउन चाहेको प्रस्तावसहित अध्यक्षमा पूर्वसांसद ऋषिकेश पोखरेल र सचिवमा गणेश उप्रेतीको नाम प्रस्ताव गर्नुभएको थियो ।

सो प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो । नेकपा मोरङको आज १ सय ८५ सदस्यीय जिल्ला कमिटी घोषणा भएको हो । जिल्ला कमिटीको सो निर्णय प्रदेशमार्फत केन्द्रीय कमिटीमा सिफारिश गर्ने निर्णय भएको हो ।