काठमाडौं ।
पुष्पलाल स्मृति प्रतिष्ठान परिसरमा पुस्तकालय तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । काठमाडौंको चम्पादेवीमा रहेको परिसरमा बन्ने भवनको आज नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शिलान्यास गर्नुभएको छ ।
परिसरमा निर्माण हुने पुस्तकालय तथा अनुसन्धान केन्द्र भवनको शिलान्यास गरेपछि निर्माण कार्य अगाडी बढ्ने भएको छ । २ करोड ५ लाखको लागतमा निर्माण हुने भवन कम्युनिस्ट आन्दोलनसहित नेपाली इतिहासको समग्र अध्ययन स्थल बन्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्